अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १८ गते देखि १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ साउन २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। जसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरि कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

अहिले कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमीटेड रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here