काठमाडौं, भदौ २२।
नेपाल शुक्रबार मलेसियामा भएको आईसीसी महिला टी-२० विश्वकप छनोटको सेमिफाइनलमा थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ ।
यससँगै नेपालको महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने सपना समाप्त भएको छ । यो हारसगै प्रतियोगितामा नेपालको अपराजित यात्रामा पनि पूर्णविराम लागेके छ ।
जितका लागि १ सय ६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । नेपालका लागि कविता कुँवरले सबैभन्दा बढी नटआउट १७ रन जोड्दा कविता जोशी र अप्सरी बेगमले समान १०-१० रन बनाउनु बाहेक नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङतर्फ थाइल्यान्डकी ओनिचा र थिपच्चाले समान ३-३ विकेट लिए।
यसअधि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेटको क्षतिमा १०५ रन जोड्यो।
थाइल्यान्डलेका लागि नन्नापतले नटआउट ५९ रन जोडिन्। उनले ६३ बल खेल्दा ४ चौका प्रहार गरे यस्तै, नथाकन चन्थमले ३१ र चनिदा सुतिरुआङले नटआउट ११ रन बनाइन ।
नेपाली बलर कविता कुँवर र पूजा महतोले समान एक एक विकेट लिइनॅ
बलिङमा नेपालकी कविता कुँवर र पूजा महतोले एक एक विकेट लिए।