काठमाडौं, भदौ १८ ।
नेपालले कतारमा जारी आईसीसी महिला ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा आफ्नो अपराजित यात्रा कायम राख्दै सेमिफाइनलको स्थान सुरक्षीत गरेको छ । टिम यूकेएम वाईएसडी ओभल मैदानमा भएको खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । समूह ए मारहेको नेपालको चार खेलबाट आठ अंक भएको छ ।
कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन्। सीता राना मगरले २३ बलमा अविजित १७ रन बनाइन् । यसैगरी इन्दु वर्माले १२ बलमा २० रन बनाइन् ।
यसअघि नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कतारले २० ओभरमा सात विकेट गुमाएर ७५ रन बनाएको थियो । नेपालका लागि इन्दुले तीन तथा पूजा महतो र कविता जोशीले समान १ १ विकेट लि ।
सन् २०२४ मा हुने महिला ट्वान्टी ट्वान्टी विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
समूह ए मा ६ र समूह बी मा पाँच टिम छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् र फाइनल पुग्ने दुई टोली मात्र ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here