काठमाडौँ, २७ भदौ । आज सेप्टेम्बर १३ अर्थात् ‘विश्व सेप्सिस दिवस’ । ‘सेप्सिस रोकौ, जीवन बचाऔं’ भन्ने
नारकासाथ विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न जनचेतनामूल कार्यक्रम गरी मनाइएको छ ।

विश्व सेप्सिस दिवसको अवसरमा त्रि.वि शिक्षण अस्पताल महाराजगंमा क्रिटिकल केयर डेभलपमेन्ट
फाउण्डेशन (एनसिसिडिएफ), क्रिटिकल केयर नर्सिङ एशोसिएशन अफ नेपाल (सिसिएनएएन) र नेप्लीज
सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससिसिएम) ले विभिन्न जनचेतना मूलक कार्यक्रम
आयोजना गरिएको थियो । सेप्सिस प्रभातफेरि र अन्तर आइसियू सेप्सिस हाजिरी जवाफ प्रतियोगिता,
सेप्सिस अन्तरक्रिया कार्यक्रममा विभिन्न अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुको सहभागिता हरेको थियो ।

सेप्सिस अन्तरक्रिया कार्यक्रममा सिसिएनएएनकी अध्यक्ष बिमला श्रेष्टले शरीरमा संक्रमण भई ज्यान नै
जोखिममा पार्ने सेप्सिसबारे सबै सचेत हुनुपर्ने, र जनचेतनामा सरकारी पहल आवश्यक रहेको धारणा
राख्नुभएको थियो ।

मानिसको शरिरमा कुनैपनि रोगको संक्रमण भयो र त्यो संक्रमणले शरीरका अन्य महत्वपूर्ण अंगमा असर
गर्ने कार्यलार्इ सेप्सिस भनिन्छ । सेप्सिस कुनै रोग नभई रोगहरुको एकीकृत समूह हो । ब्याक्ट्रेरिया,
पिसाबको मात्रा कम हुनु, स्वासप्रस्वासमा गाहो हुनु, मुटुको चालको कामगर्ने क्षमतामा कमीहुनु जस्ता
लक्षण देखिएमा सेप्सिस हुनसक्ने चिकित्सको भनाइ छ । सेप्सिस संक्रमणपछि मानिसको आफ्नो
शरीरको कार्यले आफ्नै शरीरका अन्य तन्तु र अंगहरुलाई चोट पुर्याउँने चिकित्सको भनाइ छ ।

ग्लोबल सेप्सिस एलायन्स जीएसएको तथ्यांक अनुसार विश्वभर प्रत्येक २.८ सेकेन्डमा एकजनाको
सेप्सिसका कारण मृत्यु हुने गरेको छ  । अर्थात विश्वभर ५ मध्ये १ जनाको मृत्यु सेप्सिसबाट हुने गरेको छ ।
यसैगरी विश्वभरीमा सेप्सिसबाट वर्षेनी १ करोड १० लाख मानिसको मृत्यु हुने र ४ करोड ९० लाख मानिस
सेप्सिसबाट संक्रमित र ४ करोड ७० लाख देखि ५ करोड मानिसहरू सेप्सिसबाट प्रभावित हुन्छन् ।
यसैगरी ४० प्रतिशत ५ वर्ष मुनिका बालबालीका सेप्सिसबाट संक्रमित हुने तथ्याङ्क छ । विश्वभर हुने
मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारण भएको विश्व स्वास्थ्य संगठनले पनि जनाएको छ । नेपालमा
हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु सेप्सिसका कारण हुने गरेको
एनसिसिडिएफले जनाएको छ ।
सेप्सिसबारे जनचेतना फैलाउने मूल उद्येश्यले जीएसएले सन् २०१२ देखि विश्वभर सेप्टेम्बर १३ लाई
विश्व सेप्सिस दिवसका रुपमा मनाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here