काठमाडौं, ७ भदौ। इन्टर मियामी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिमनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल ३-३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मियामीका गोलकिपर ड्रयाक क्यालेन्डर पुनः नायक बने । उनले सिन्सिनाटीका अन्तिम पेनाल्टी प्रहार गरेका निक हागलन्डको प्रहार बचाएका थिए । त्यसपछि बेन्जामिन क्रेमासीले अन्तिम पेनाल्टी प्रहार गोलमा परिणत गर्दै इन्टर मियामीलाई ५-४ को जित दिलाए ।
अब इन्टर मियामीले ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको दोस्रो सेमिफाइनलको विजेतासँग यूएस ओपन कपको उपाधिका लागि खेल्नेछ । लिग्स कपको उपाधि जितेको एक साता नबित्दै लिओनल मेसीको कप्तानीमा रहेको इन्टर मायमी लगातार दोस्रो प्रतियोगितामा फाइनलमा प्रवेश गरेको हो। यूएस ओपन कपको फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ ।