उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

२४ असार, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

What's Your Reaction?

like
0
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0