spot_imgspot_img

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

काठमाडौं, भदौ १७ गते । नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ । भदौ २२ र २३ गते जरंकुमै हुने छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगितालाई लक्षित गरी आयोजना गरिएको एकदिने सेमिनारमा १५ निर्णायकको सहभागिता रहेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।
सहभागीहरुमा रिजा महर्जन, रविन पुटुवार, निराजन मुक्तान, सिवान सुनुवार, मनीष पुटुवार, सुनिता श्रेष्ठ, सुनमाया तामाङ, श्रृषा खनाल, पासाङ तामाङ, मनोज विन्दुकार, शिव कुँवर, राजदीश नेम्कुल, सरिना घले, गोपाल थापा र सुरेन्द्र राई रहेका छन् ।
उनीहरुलाई अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, संजीतकुमार राई, दीपक श्रेष्ठ, रमेश महर्जन, कमल मगर र सञ्जयराज पुटुवारले परिवर्तित नियमलगायतका बारे जानकारी गराएका थिए । -राखेप

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...