काठमाडौं, २१ असोज । महिला कबड्डीमा नेपालले महिला कबड्डीमा जितेको ऐतिहासिक कांस्य पदक शनिबार पाएको छ ।
महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अंकले हराउँदै स्वर्ण जित्यो ।
नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । नेपालले जारी एसियाडको १५औँ दिनमा आएर शनिबार औपचारिक रूपमा कांस्य पदक ग्रहण गरेको छ । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अंकले हराएर पदक नजिक पुगेको थियो ।
समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अंकले चुकेको थियो ।
एसियाडमा कांस्य पदक दिलाउने नेपाली टोलीको खेलाडीहरूमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त हुनुहुन्छ ।
एसियाडमा नेपाललाई पदक दिलाउने कबड्डी पाँचौं खेल हो । यसअघि कराते, तेक्वान्दो, बक्सिङ र प्याराग्लाइडिङले नेपाललाई पदक दिलाइसकेका छन् । महिला कबड्डीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here