काठमाडौ, भदौ १६ । एसिया कप क्रिकेटको भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । पहिलो इनिङ्स भए पनि दोस्रो इनिङ्स वर्षाले सुरु नै हुन सकेन । भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको थियो ।
खेल रद्द भएसँगै समूह ‘ए’ का दुवै टिमले एक एक अंक बाँडेका छन् । अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान ३ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेर सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । आफ्नो पहिलो खेलमा पराजित नेपाल अंक तालिकामा अंक विहिन छ भने भारतले १ अंक जोडेको छ । नेपाललाई सुपर फोरमा पुग्न भारत विरुघ्द स्पष्ट जित आवश्य छ ।
यसअघि श्रीलंकाको क्यान्डीमा टस जितेको भारतले पहिला ब्याटिङ गरेको थियो । भारत ४८.५ ओभरमा २६६ रनमा अलाउट भएको थियो।
भारतका लागि ब्याट्सम्यानद्वय इशान किसन र हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। बलिङमा पाकिस्तानका अफ्रिदीले ४ विकेट लिए भने नशीम शाह र रउफले समान ३ विकेट हात पारे ।