काठमाडौं, २४ भदौ । एसिया कप क्रिकेट अन्तरगत पाकिस्तानले सुपर फोरको दोस्रो खेलमा आज भारत विरुद्ध खेल्दैछ ।
भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरी आफ्नो दवदवा कायम गरेको छ । भारतमाथि जित निकाल्दै पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ । एसिया कपकै समुह चरणमा पाकिस्तान र भारत विचको खेलमा वर्षा बाधक बन्दा दुवैले एक एक अंक बाडेका थिए । आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ। पाकिस्तान विरुद्ध भारतका केएल राहुल र जस्प्रित भुम्राह दुवैले खेल्ने चर्चा छ । यी दुवैले नेपाल विरद्धको खेल गुमाएका थिए ।
एसिया कपको पहिलो सहभागीतामा नै नेपालले भारत र पाकिस्तानविरुद्ध खेल्ने मौका पाएको थियो । सो खेलमा नेपालले भारतसग १० विकेट र पाकिस्तानसगँ २३८ रनको फराकिलो हार बेहोरेको थियो । सुपर फोर अन्तर्गत शुक्रबार भएको खेलमा बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष २ टिमले उपाधिका लागि भिड्नेछ्न्।