spot_imgspot_img

कामपाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानि नगर्ने बताउनुभयो । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेङ्गुसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।”

डेङ्ग रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेङ्गु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराउनुभएको छ ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...