काठमाडौं, २४ भदौ । कोको ग्वाफले पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी छन् ।
अमेरिकन टिनएजर खेलाडी ग्वाफले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन टेनिस अन्तरगत महिला एकलको उपाधि जितेकी हुन । न्युयोर्कको फ्फोसिङ मेडोजमा आज विहान सम्पन्न महिला तर्फको फाइनलमा बेलारुसकी आर्यिना सवालिन्कालाइ २(१ को सेटमा हराउदै ग्वाफले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन ।
किशोरी ग्वाफ पहिलो सेटमा ६ ३ ले सहजै पराजित हुदा त्यसपछिका बाकि सेटमा उत्कृष्ट पुनरागमन गर्दै क्रमश ६(३ र ६(२ ले जितिन् । वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको फाइनलसम्म पुग्न सफल १९ वर्षिय किशोरीको यो नै पहिलो ग्रान्डस्लाम उपाधि हो ।
युएस ओपनको पुरुष एकल तर्फ आज रसियाका ड्यानियल मेदवेदेव र सर्वियाका नोभाक जोकोभिचबीच प्रतिस्पर्धा हुदैछ । जोकोभिच कीर्तिमानी २४ औं ग्रान्सस्लाम उपाधि नजिक रहेका छन् ।।