काठमाडौं, भदौ १७ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो ।

गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएसँगै रिटमा पुन आज सुनुवाइ हुने भएको हो । मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको छ । संविधानको धारा १८६ मा प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने उल्लेख छ ।

यही भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो । संसदीय निर्वाचनपछि २०७९ पुस १० मा बनेको सत्ता गठबन्धनको विघटनसँगै कोशीमा अस्थिरता सुरु भएको हो ।

कोशीमा तत्कालीन मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले जेठ ३२ मा ल्याएको बजेटसम्बन्धी अध्यादेश आइतबार राति १२ बजेबाट स्वतः निष्क्रिय हुँदा बजेट शून्यताको अवस्था छ ।

कोशीमा संविधानको धारा १६८ २०अनुसार तीन पटक मुख्यमन्त्री नियुक्त भइसकेको अवस्था छ  भने मुख्यमन्त्री असंवैधानिक रूपमा विश्वासको मत लिदै आएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here