spot_imgspot_img

तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता  चितवनमा हुने

काठमाडौं । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगितामा सिनियर ईभेन्ट तर्फ पुरुष/महिला ७ वटा तौल समूह, जुनियर तर्फ ३ , क्याडेट तर्फ ४ र चिल्ड्रेन तर्फ ४ तौल मुहको प्रतिस्पर्धा हुनेछ भने पुम्सेतर्फ एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टीमले क्रमशः १ लाख, ५० हजार, २५ हजार र उत्कृष्ट खेलाडी महिला पुरुषतर्फ क्रमशः १०–१० हजार तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उहाले बताउनुभयो ।

त्यस्तै पुम्सेमा प्रथम हुने टिमलाई रु.२०,००० र द्वितीय हुनेलाइ रु. १०,००० प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट निर्णायकलाई १०/१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगीताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताउनुभयो ।

सम्पुर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने उहाको भनाइ छ । पुम्से विधाको खेलाडीहरुको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाण पत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरु नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्ने आयोजकले जनाएको छ ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...