काठमाडौं, २२ भदौ । नेपाल र म्यानमारबिचको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । अञ्जन विष्टले प्रहार गरेको पेनाल्टी म्यानमारका गोलरक्षकले रोकेपछि नेपालले खेलमा अग्रता लिनबाट चुकेको थियो । खेलमा प्राप्त थप अवसरलाइ दुवै टिमले सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोकेका थिए । म्यानमारका डिफेन्डरले पेनाल्टी बक्स भित्र बल रोक्दा ह्यान्ड बल भए पछि नेपालले पेनाल्टीको मौका पाएको थियो । प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा अन्जन नेपालका लागि सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गर्नबाट समेत चुकेका छन् ।
फिफाको हालको वरीयतामा म्यानमार १ सय ६० औं स्थानमा रहेको छ भने नेपाल भने १ सय ७५ औं स्थानमा छ ।
हालसम्म नेपालले म्यानमारसँग २ खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । विश्वकप २०२६ छनोटमा प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्ने तयारीमा म्यानमार भ्रमाण रहेको नेपाली राष्ट्रिय फुटबल टिमले म्यान्मारविरुद्ध दोस्रो मैत्रीपुर्ण खेल सोमबार खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here