spot_imgspot_img

नेप्से परिसूचकमा सुधार

काठमाडौँ, १७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ५२ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३७ प्रतिशतले बढेको छ ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रु छ करोड ९३ लाख ६३ हजार एक सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नबिल ब्यालेन्स फन्ड–२ को तीन लाख १५ हजार चार सय २२ कित्ता शेयर किनबेच भएको छ ।
–––

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...