फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को टिजर सार्वजनिक भएको छ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रको मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। टिजरमा विपीन कार्कीलाई भष्मे डनको रुपमा प्रस्तुत गरिएको छ।
टुकी आर्टस् ब्यानरमा निर्माण भएको फिल्ममा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँलगायत कलाकारको अभिनय छ।
फिल्मको कथा तथा निर्माता खगेन्द्र लामिछाने हुन् । कृष्णबहादुर थापाको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्। फिल्म दशैंको फूलपातीदेखि चलचित्र घरहरुमा प्रदर्शन हुनेछ।
२०७३ सालमा रिलिज भएको फिल्म पशुपति प्रसाद विपिन कार्कीले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए। उनकै चरित्रलाई केन्द्रीत गरी यस फिल्म निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।