spot_imgspot_img

बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

काठमाडौ, भदौ ४ ।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहने छ ।
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ । दोश्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्य–सचिव भण्डारीले जानकारी गराए । दोश्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानिय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । बैठकमा गत आथिर्क वर्षको समीक्षा पनि भएको थियो । -राखेप

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...