spot_imgspot_img

भूकम्प : रुकुम पश्चिमका दुई पालिका बढी प्रभावित

रुकुम, १८ कात्तिक : गए राति जाजारकोट केन्द्रविन्दु बनाइ गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । जाजरकोटसँग नजिक रहेका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका हालसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

“आठविसकोट नगरपालिकामा १८ र सानीभेरी गाउँपालिकामा ९ गरी २७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ”, प्रमुख केसीले भन्नुभयो, “मानवीयसँग ठूलो मात्रामा भौतिक क्षति पनि भएको छ ।” उहाँका अनुसार भूकम्पले रुकुम पश्चिमका आठविसकोट नगरपालिका वडा नं १४ र सानीभेरी गाउँपालिका वडा नं ४ मा धेरै क्षति पु¥याएको छ ।

भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारको काम भइरहेको छ भने मानवीय र भौतिक क्षतिको विवरण पनि सङ्कलन भइरहेको छ । भूकम्प राति गएका कारण सडक अवरुद्ध हुँदा घाइतेलाई अस्पताल पु¥याउन निकै समस्या भएको आठविसकोट नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हुकम पुनले बताउनुभयो । “हाम्रो वडामा धेर क्षति भएको छ । रातिदेखिनै उद्धार जारी राखेका छौँ । केहीको मृत्यु भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पनि पठाएका छौँ”, उहाँले भन्नुभयो, “रातिमा सबै सुतिरहेको अवस्थामा भूकम्प आएका कारण मानवीय क्षति बढी भएको हो ।”

उहाँका अनुसार आठविसकोट नगरपालिकामा १८ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । हाल थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेन्द्र खड्काले बताउनुभयो । उहाँकाअनुसार सानीभेरी गाउँपालिकामा हालसम्म नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घाइतेहरुको जिल्ला अस्पताल सल्ले, चौरजहारी मिसन अस्पताल र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । भूकम्पका कारण अवरुद्ध सडक पनि खुलेको र उद्धारमा सहज बनाइएको प्रहरीको भनाइ छ । उहाँका अनुसार जिल्ला अस्पताल सल्लेबाट हाल १० जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको विमानमार्फत नेपालगञ्ज पठाइएको हो । साथै आठविसकोट नगर अस्पतालमा उपचाररत तीन जना घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । हाल जिल्ला अस्पताल सल्लेखमा जाजगरकोटबाट पनि घाइते ल्याउने क्रम जारी छ ।

जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिका, त्रिवेणी र बाफिकोट गाउँपालिकाका केही घरमा क्षती भए पुगेको छ । सानीभेरी गाउँपालिका वडा नं ४ का डिल्ली परियारले भूकम्पका कारण घरहरु भत्केका र चिरा परेको कारण मनमा डर कायमै रहेको बताउनुभयो । “म सुत्ने तरखरमा थिए । एक्कासी घर हल्लिएपछि बाहिर निस्के । घरका भित्ताहरु भत्किसकेका थिए । मेरो बुवालाई चोट लाग्यो र बुबालाई तत्काल सानीभेरी गाउँपालिका अस्पताल छोटेबगर पु¥याएँ । हामी कसरी बाँचियो थाहै छैन”, उहाँले भन्नुभयो ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...