काठमाडौ, ७ भदौ । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले कराँचीको हनिफ मोहम्मद उच्च प्रर्दशन केन्द्रमा अभ्यास गर्दै ।

नेपाली टोली बुधबार (हिजो) बिहान पाकिस्तानको कराँची पुगेको थियो ।

एसिया कप यही अगस्ट ३० तारिखदेखि शुरु हुँदैछ । नेपालले अगस्ट ३० मा पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु पनि गर्दैछ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्को टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । सो खेल श्रीलङ्कामा हुनेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलङ्का जानेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुन लागेको हो ।

तस्बिर : पीसीबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here