काठमाडौं, २४ भदौ । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ। गृह मन्त्रालयका अनुसार १ हजार ४०४ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन्।

भूकम्प मोरक्कोको पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर गएको थियो । माराकेशमा ८ लाख ४० हजार मानिसहरूको बसोबास रहेको जनाइएको छ।

मोरक्को सरकारले भूकम्पले निम्ताएको विनासपछि तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले भूकम्प पीडितहरुलाई आवास, खाना, स्वास्थ्य उपचार लगाएत अन्य सहयोगका लागि आह्वान गरेको छ ।

भूकम्पले धेरै क्षति पहाडी क्षेत्रका गाउँहरुमा भएको र खोज तथा उद्धार कार्य जारी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघले मोरोक्कन सरकारलाई सहयोग गर्न तयार भएको घोषणा गरेको छ। मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here