काठमाडौँ १७, असोज । ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन बुधबार प्रिक्वाटरफाइनलमा रोकिएकी छन् ।
बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरिन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए । पुरुष डबल्समा सिंगापुरका जि जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here