spot_imgspot_img

राजधानीमा मनाइयो गौरा पर्व

राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौँ, ७ भदौ : यहाँ बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो ।

काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा सुदुरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा (पार्वती)को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।

कार्यक्रममा उपस्थित खडकबहादुर सिजापतीले आफ्नो कला संस्कृति र धर्मलाई बचाइ राख्नका निम्ती सबै सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसलाई लक्षित गरी मनाउने गरिएको बताउनुभयो ।

उहाँले आफूहरुको पहिचान जोगाउनका लागि पनि कला सांस्कृतिको संरक्षण गर्दै गौरा पर्व मनाउने गरिएको बताउनुभयो । उहाँले विशेष गरी युवाहरूले यस पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यस पर्वलाई सुदूरपश्चिमको सिञ्जा उपत्यकाको सभ्यताका रूपमा जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देउडा गीतको माध्यमद्वारा सबैको आकर्षण बढाएर सुदूरपश्मिको संस्कृतिलाई सबैमाझ चिनाउने मुख्य उद्देश्य हो ।”

जुम्ला घर भई हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका शारदा थापाले राजधानीमासमेत आफ्नो पर्व मनाउन पाउँदा खुसी भएको व्यक्त गर्नुभयो । उहाँले सुदूरपश्चिममा पाइने विभिन्न प्रकारका खानासँगै आफ्नो कला, संस्कृति र नृत्यसमेत हेर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले गौरा पर्व देशभर मनाउनुपर्नेमा जोड दिनुभयो ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...