सुन तस्करीको छानबिनमा उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजलाई अन्तिम रुप दिन शीर्ष नेताहरुको बैठक बुधबारमात्रै बस्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा अस्वस्थताको कारणले एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थीत नभएपछि बुधबार बिहान ११ बजे बैठक बसेर अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । सोमवार राति बसेको बैठकले सुन तस्करी सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नेबारे सैद्धान्तिक सहमति गरेको थियो । त्यसका लागि सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डे सदस्य रहेको कार्यदल गठन गरिएको छ । मंगलबारको बैठकमा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा लगाएत शीर्ष नेताहरुलाई कार्यदलका सदस्यहरुले दस्तावेजका बारेमा जानकारी गराएका थिए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले केपी ओलीको स्वास्थ्य अवस्थाका कारण अनुपस्थीत भएपछि कुनै छलफल नभएको र बुधबार बैठक बस्ने जानकारी दिनुभयो

त्यस्तै कार्यदल सदस्य एवं कांग्रेस मुख्य सचेतक रमेश लेखकले सोमबारकै सहमति अनुसार दस्तावेज तयार भएको बताउनुभयो । उहाले बुधबार शीर्ष नेताहरुसंग बसेर अन्तिम रुप दिने जिकिर गर्नुभयो । जाँचबुझ आयोग २०२६ बमोजिमको उच्चस्तरीय समिति गठनसहितको दस्तावेज तयार गरिएको भन्दै उहाले सीआइवीको छानविनलाई निरन्तरता दिएर निष्कर्षमा पुराउने र सुन तस्करी प्रकरणका भएका कमीकमजोरीलाई नियन्त्रण गर्ने गरि काम गर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै एमाले प्रमुख सचेतक पदम गिरिले बुधबार बस्ने बैठकले सवै बिषय टुङ्गाउने बताउनुभयो ।

यता रास्वपा सभापति रवि लामिछानले शीर्ष नेताहरुको साक्षी बस्नुको कुनै अर्थ नरहेको भन्दै आगामी बैठकमा सहभागी नहुने जिकिर गर्नुभयो । सामान्य कुरालाई पनि लम्वाउने परम्परा उचित नहुने उहाको भनाइ छ ।

उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजमाथि शीर्ष तहमा सहमति जुटाएर सदनको अवरोध खुलाउने सहमति भएपनि शीर्ष तहकै बैठक प्रभावित भएका कारण मंगलबार पनि प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here