काठमाडौं, भदौ १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

महानगरको गाडीलाई ट्राफिक प्रहरीले रोकी चेकजाच गरेपछि उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका हुन ।
शनिवार राति बालकुमारीबाट तीब्रगतिमा तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको महानगरको गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकी सोधखोज गरेको थियो ।
गाडीमा मेयर बालेन्द्र शाहको श्रीमती चढेको पाइएको छ ।https://www.facebook.com/balenOfficial/posts/864521418373448?ref=embed_post

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here