spot_imgspot_img

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौँ, ३२ साउन : जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्नेभएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले आज सुनुवाइ गर्दै यो मुद्दाको सुनुवाइ निरन्तर हुने जनाएको हो ।

साथै अदालतले पीडित किशोरी गौशाला–२६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरणका लागि आदेश दिएको छ । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।

लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । अब भने उक्त मुद्दाको सुनुवाई निरन्तर हुने भएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्चअदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...