spot_imgspot_img

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १६ असोज । सांसदहरुले दशैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै बेलैमा नियन्त्रण गरी जनतालाई राहत दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले महङ्गी नियन्त्रणका साथै चिकित्सक, शिक्षक विभिन्न पेशाकर्मीको समस्या सम्बोधन गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

सांसद आस्माकुमारी चौधरीले दशैँ, तिहार, छठलगायतका पर्व नजिकिएकाबेला बजारमा महङ्गी र कालोबजारी बढेको भन्दै यसलाई नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अञ्जनी श्रेष्ठले महङ्गी नियन्त्रण गर्न, चितवनमा निर्माणाधीन राजमार्गको कामलाई तीव्रता दिन तथा चिकित्सक र शिक्षक आन्दोलनबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद अच्युतप्रसाद मैनालीले प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव रहेको र महत्वपूर्ण प्रशासनिक काममा जनताले सास्ती बेहोर्नुपरेको भन्दै अभिलम्ब कर्मचारीको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अजयकुमार चौरसियाले सुक्खा बन्दरगाहका लागि जग्गा अधिग्रहणभएका जग्गाको मुआब्जा किसानलाई उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद अम्बिका बस्नेतले देशमा महङ्गी र सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेको, चिकित्सकलगायत विभिन्न पेशाकर्मीमाथि आक्रमणजन्य घटना बढेको भन्दै तत्कालै नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अर्जुननरसिंह केसीले साना तथा मझौला उद्योग बन्द हुने अवस्थामा रहेको ठूला उद्योगको पनि उत्साहजनक उत्पादन खस्कदो रहेको तथा देशमा महङ्गी बढेको भन्दै यसलाई नियन्त्रण र व्यवस्थापनको माग गर्नुभयो ।

सांसद अमृतादेवी अग्रहरी देशमा देखिएका विद्यमान समस्याको निराकरण गर्न सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । सांसद असिम शाहले नेपाली क्रिकेट टोलीले भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनीहरुलाई सरकारकोतर्फबाट पुरस्कारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । सांसद ईश्वरबहादुर रिजालले सरकारले जनसरोकारको विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद ईश्वरी घर्तीले रोल्पाको घर्ती गाउँमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा तीन हप्तादेखि सेवा प्रभावित भएको, नागरिकता बनाउन नागरिक सदरमुकाम धाउनुपरिरहेको भन्दै तत्काल रोल्पालगायत सबै जिल्लामा कर्मचारी खटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ईश्वरीदेवी न्यौपानेले वैदेशिक रोजगारीमा गएकाको समस्या पहिचान र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...