काठमाडौं, भदौ ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ। यू–१६ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन्। टोलीले सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ मा भाग लिनेछ। समूहमा ए मा रहेको नेपालले भारत र बंगलादेशसँग खेल्नेछ ।
अन्तिम टोली
गोलकिपरः बिषेश बानिया, पेम्बा नुरबु भोटे, भक्तबहादुर परियार
डिफेन्डरस् एकराज विश्वकर्मा, किशन थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लवोत, किशोर कुमार दनवार, शरण एसके।
मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, डिलन लिम्बु
फरवार्डः सन्तोष गोङ्वा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी