spot_imgspot_img

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

काठमाडौँ, २१ भदौ : अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित हुनुहुन्छ । गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उहाँ एकपछि अर्को चलचित्रमा काम गरिरहनुभएको छ । उहाँ अभिनित नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ ।

राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नुभएको चलचित्रमा गाउँ पातलो हुँदै गएको विषयवस्तु देखाइएको छ । गाउँ पातलो हुँदै जानु पुँजीवादको अतिक्रमण भएको अभिनेता राईको भनाइ छ ।

“म पनि गाउँ छाडेर सहर आएँ, गाउँमा बस्ने रहर नभएको होइन, तर विभिन्न कारणले गर्दा यहाँ आए, अब गाउँ फर्किंने मैले सोचेको पनि छैन”, अभिनेता राईले भन्नुभयो । उहाँले समाजलाई परिवर्तन गर्न राजनीति आवश्यक भए तापनि त्यस्तो नदेखिएको बताउनुभयो ।

“हामीले नेता मात्र नभई छान्ने जनतालाई पनि प्रश्न गर्नेबेला भएको छ, त्यसको सुरुआत चलचित्रले गरेको छ”, अभिनेता राईले भन्नुभयो, “यसमा सामाजिक राजनीतिक परिवेशलाई उजागर गरिएको छ, हाम्रो समाजको राजनीतिक चेत, राजनीतिक प्रभाव र समाजभित्र हामी कस्तो अवस्थामा बसेका छौँ भन्ने देखाएको छ ।”

चलचित्रमा मिरुना मगर, शिशिर वाङ्देल, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अङ्कित खड्का, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । यसको कथा स्वयं निर्देशक लामाले लेख्नुभएको हो ।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...