काठमाडौं । आगामि दशैंमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार चलचित्रको ‘दुई चुल्ठी बाटन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का तथा विपिन कार्कीलाई फिचर्ड गरिएको छ ।

आँचल र निश्चलले गीतमा अतिथि भूमिका निर्वाह गरेका हुन् । गीतमा बी पाण्डेको शब्द रचना, सुवास भुसालको संगीत, मेलिना राई र निशान भट्टराईको स्वर छ ।

फिल्मलाई नीरज कँडेलले खिचेका हुन् भने प्रवीण सिंहको नृत्य निर्देशन छ । दीपेन्द्र के खनाल निर्देशित र खगेन्द्र लामिछानेको पटकथा लेखन तथा निर्माण रहेको फिल्म दशैंमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने तयारी छ ।

फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, विभु पौडेल र प्रकाश दाहालको पनि अभिनय छ । फिल्मलाई टुकी आर्ट्सको ब्यानरमा निर्माण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here