spot_imgspot_img

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

भदौ १५ गते शुक्रबार, सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्छ बैंकिङ्ग लिमिटेडको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।

इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा मागभन्दा २.१३ गुणा बढी आवेदन परेको थियो।

निष्काशनमा परेका कुल आवेदनमध्ये १४ लाख ६० हजार ६१ आवेदन स्वीकृत भएको छ भने १ हजार ३४१ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार कुला आवेदकमध्ये ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले इन्स्योरेन्सको शेयर प्राप्त गरेका छन्।

spot_img

Latest

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति...

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा...
spot_img

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

बेनी, १२ पुस : सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय...

इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण

इलाम, १२ पुस : इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ...

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली, १२ पुस : कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला,...