चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
फागुन १९ गते देशभर प्रदर्शनमा आउने फिल्मको सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । लोकलयमा कम्पोज गरिएको उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्य लगायतको अभिनय देख्न सकिन्छ ।
सार्वजनिक गरिएको गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर, राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
हेमराज बिसिद्वारा निर्देशित फिल्मलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्मित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा) , राज आचार्य लगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।