‘पठान’ले कमायो ७०० करोड भारु

काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा धमाका गर्दैछ । चलचित्रले रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ । फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाएको छ ।

फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो । हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफः च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन । पठानले ‘दंगल’को रेकर्ड तोड्ने क्रममा छ ।

पठानको कमाइ भारतमा अहिलेसम्म ३८७।३८ करोड ९नेट० छ । पठान यशराज ब्यानरको नवस्थापित जासूसी ब्रह्माण्डमा आधारित छ । यसअघि यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है र वार फिल्म बनिसकेका छन् ।

यस सप्ताहन्तमा ठूला फिल्म रिलिज नभएपछि पठानकै गतिले निरन्तरता पाउनेछ । शाहरुखको सम्मानकै लागि भनेर कार्तिक आर्यनले ‘शाहजादा’को प्रदर्शन मिति पछि सारिसकेका छन् । अब यो फिल्म फेब्रुअरी १७ मा रिलिज हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार