प्रधानमन्त्री ओली भेट्न पुगे बालकोट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष भेट्न बालकोट स्थित ओली निवास पुगेका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले दावी गरेपनि आसन्न राष्ट्रपति चुनावलाई लिएर एमाले माओवादीसंग विश्वस्त हुन सकेको छैन् । यहि गठवन्धनलाई कायम राख्दै सहमती अनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने एमालेको दावी छ । तर कांग्रेस लगायत सवैको चित्त बुझ्नेगरी राष्ट्रिय सहमति मै राष्ट्रपति निर्वाचित हुनुपर्ने माओवादी अडान छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिनु र राप्रपाका नेता तथा मन्त्रीहरुको अभिव्यक्ति गणतन्त्रको विरोधमा लगातार आइरहदा प्रधानमन्त्री रुष्ट छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार