काठमाडौ ,२५ माघ: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताएका छन् ।
निर्वाचन आयोगले गरेको एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न निर्वाचनका लागिमात्र बेग्लै सेवा समूहको आवश्यकतामा रहेको धारणा राखेका हुन ।
“निर्वाचन सकिएपछि कर्मचारीलाई निर्वाचन कार्यालय छाडन हतार हुन्छ, आयोगको कार्यालयमा भएका कर्मचारीको वृत्ति विकासमा पनि ध्यान दिइदैन यसको अन्नत्यका लागि निर्वाचनमा खटिने कर्मचारीको छुटै सेवा हुन आवश्यक छ । प्रमुख आयुक्त थपलियाले भने
उनका निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उनले निर्वाचनको समयमा सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गरे