राष्ट्रपतिको निर्वाचन पक्रिया सुरुहुन केवल एक साता मात्र बाकी छ । उम्मेदवारको मनोयनको दिन नजिकिदै गर्दा भावि राष्ट्रपति को बन्छ भन्ने विषय भन्दा पनि कुन दलको उम्मेदवार राष्ट्रपति बन्ने तिरै बहस केन्द्रित छ । राष्ट्रपतिको विषयलाई लिएर भइरहेको बहस र संवादले सत्ता गठवन्धनमा गडबढी संकेतहरु देखा परेका छन् । एमाले नेतृत्वको सात दलीय गठवन्धले बहुमतीय अर्थात गठवन्धन सरकारको प्रधानमन्त्रीमा पुष्प कमल दाहाल प्रचण्डलाई नियुक्त गर्ने प्रस्ताव गर्दैगर्दा सत्ता गठवन्धन दलहरु बीच एक प्रकारको सहमती बनेको थियो ।
माओवादी केन्द्र र एमाले बीच प्रधानमन्त्री र सभामुखपद आलोपालो लिने , राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवारलाई सहयोग गर्ने र अन्य दलहरुलाई उपसभामुख उपराष्ट्रपति र मन्त्रीमण्डलमा उपप्रधानमन्त्री लगायतका महत्वपूर्ण पदहरुमा समान जनक सहभागिता सुनिश्चित गर्ने । सत्ता गठवन्धन दलहरु बीच बनेको यो सहमतिले कांग्रेस संसदको ठुलो पार्टी हुँदा हुँदै पनि संघदेखि प्रदेश सम्म एका एक सवै गुमाने अवस्था मात्र सिर्जना गरेन । लुडो खेलमा सयको नजिक पुगेको गोटी सर्पले एकै पटक १ मा झारिदिए जस्तो महसुस गरायो । अकल्पनीय नतिजाले कांग्रेसलाई निकै ठुलो छटपटाहट ल्याइदियो। जुन छटपटाहट संसदको ठुलो दल भएर पनि अदालतको आदेशसँगै सत्ता बाहिर रहेको नेकपा एमालले भोग्दै आएको थियो ।
नयाँ जनादेश पछि एका एका विकसित भएका यि घटनाक्रमले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु अघिसम्म आउदा सम्म धेरैलाइ लागेको थियो अब कांग्रेस सत्ताको खेलबाट बहिरियो । तर सवैको अनुमान विपरित प्रधानमन्त्रीलाई विश्वासको मत दिदै कांग्रेसले सत्ताको खेलबाट वाक ओभर होइन पुन जित्ने आशा सहित गोटि चाल्न सुरु गर्यो । जुन विषयलाई सुदुर पश्चिम प्रदेशमा सत्ता गठवन्धन सरकारको बहिरगमन सँगै सुरु भइसकेको छ । सुदुरपश्चिम प्रदेशमा एमालेका मुख्य मन्त्री राजेन्द्र सिंह रवालले विश्वासको मत नपाउने अवस्था आउदा सोही प्रदेशमा माओवादीबाट सभामुखका उम्मेदवार भीम बहादुर भण्डारी विजयी बने । सुदुरबाट सुरु भएको कांग्रसेको सत्ता यात्रा अब छिटै संघसम्म आइपुग्ने छ भन्ने संकेत गरेको छ । अर्कातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको सत्ता बहिरगमन बाध्यतालले पनि त्यसलाई थप पुष्टि गर्दै लगेको छ । उपप्रधानमन्त्री सहित गृहमन्त्रालय लिएर सत्तामागएको रास्वपा सत्ता गठवन्धको प्रमुख घटक एमाले साथ सहयोग रहदारहदै पनि किन सत्ताबाट बहिरीने अवस्थमा पुग्यो ? सत्ता गठवन्धनको तेस्रो ठुलो दललाई पूर्व सहमति अनुसार रवि लामिछानेको बहिगमन सँगै किन फेरी सत्तामा फर्काउने बातावरण बनेन् ? एमाले अध्यक्ष ओलीको जोड बलका बीचपनि प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृहमन्त्रालय दिन तयार भएनन् ? कुनै हालतमा दिन नसक्ने भनि अडिए ? यि प्रश्नहरुको उत्तर खोज्ने हो भने प्रचण्डले लिएको यो अडानको ढाडस नेपाली कांग्रेसले उनलाई दिएको विश्वासको मत हो भनेर बुझ्न अव धेरै कुर्नुपर्ने छैन । एकहप्तापछि हुने राष्ट्रपतिको मनोयनसँगै त्यो पर्दा खुल्ने छ । राष्ट्रपति निर्वाचनको विषयमा कुरा गर्न पुगेका एमाले अध्यक्ष ओलीलाई कांग्रेस समेतको सहमतीमा राष्ट्रपति चयन गर्नु पर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्याक्तिले पनि सत्ता गठवन्धन संकटउन्मुख छ भन्ने विषयलाई थप पुष्टि गर्दै लगेको छ । राष्ट्रपति निर्वाचनको सम्वन्धमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड बीच हुने दैनिक जसो भेटघाट परिणाम विहिन बन्दै जानुले पनि सत्ता गठवबन्धन संकट उन्मुख रहेको देखाएको छ।
प्रधानमन्त्री बन्न एमालेलाई राष्ट्रपति दिन सम्झौता गरेका माओवादी अध्यक्ष प्रचण्ड यतिवेला पूर्वसहमती विपरित राष्ट्रपतिमा कांग्रेस सहितको सहमती हुनुपर्ने भनि एमाले अध्यक्ष ओलीलाई दवावमा राखेका छन् । त्यो ओलीले नबुझेका होइनन् । संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको कदमलाई उनले त्यती वेला नै संका गर्दै कांग्रेसले ढोक्सा थापेको विश्वासको मत भित्र स्वार्थ लुकेको हुन सक्ने बताएका थिए । उनले ढोक्सा रित्तै रहने चेतावनी दिएका पनि हुन तर आजको दिन सम्म आउदा अब ढोक्सा रित्तै होइन ठुलै माछा पर्ने अवस्था बन्दै गएको छ । जुन कुरा उनले पार्टीका आन्तरिक बैठकहरुमा गठवन्धन धेरै टाढा सम्म जान नसक्ने बताई सकेका छन् ।
संदनमा हाम्रो बहुमत छैन,गठबन्धन भत्काउने खेलमा देशी र विदेशी शक्तिहरु लागिरहेका छन् । गठबन्धनमा कतिवेला गडवडी आउछ थाहा छैन । सरकार पाथिभारा माताले बनाएको हो हामीले बनाएको हो र ! यसबाट धेरै आश नगर्नुहोस । जनताको माझ जानुहोस । पदमा भएका साथीहरुले केही गरेर देखाउनुहोस । फेरी निर्वाचनको तयारीमा लाग्नुहोस । पार्टीले प्रदेश १ मा केही हप्ताअघि गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमा ओलीले भनेका शब्दहरु हुन यि । ओलीका यि भनाईहरुले सत्ता गठवन्धन बलियो छैन भन्ने मात्र होइन राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग हुन नसक्ने आशंकाको रुपमा कार्यकर्ताले लिएका छन्। आज त्यो वातावरण बन्दै जानु ओलीका लागि नौलो पक्कै होइन । तर ओली सहमती पालनाको आशमा राष्ट्रपति मनोनयको दिनसम्म पनि बालुवाटार धाउन छडने छैनन् । बालुवाटार र बालकोटका बार्दलीमा अझ बैठकहरु बाक्लिने छन् ।
ढोक्सा रित्तै राख्ने ओलीका दुई विकल्प
भनिन्छ समय छनजेल संभावना पनि बाकी रहन्छ । ओलीले संसदमा भने जस्तै कांग्रेसले थापेको ढोक्सा रित्तै राख्ने र वर्तमान सत्ता गठवन्धन पनि जोगाउने भने उनका अघि दुई विकल्प छन् । जसले कांग्रेसको ढोक्सा रित्तै राख्ने मात्र होइन गठवन्धन पनि अझ कसिलो र बलियो बनाउने छ ।
विकल्प १
प्रचण्डले विश्वास गर्ने दल बाहिरको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बनाउने । ओलीको लागि यो सवै भन्दा उत्तम र पहिलो विकल्प हो । यसका लागि उनले प्रचण्डले विश्वास गर्नेगरी दल विशेष भन्दा बाहिरको ब्यक्तिलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुपर्ने हुन्छ । यसले ओलीलाई गठवन्धन जोगाउन र राष्ट्रपति निर्वाचनपछि सत्ताको साचो आफ्नै हातमा राखि राख्न सक्ने बातावारण बन्ने देखिन्छ । उनले त्यस्तो व्यक्ति अघि सारेमा माओवादीले चाहेर पनि कांग्रेसको उम्मेदवारालई समर्थन गर्न नसक्ने अवस्था आउन सक्छ । अर्कातर्फ कांग्रेसले समेत यो विकल्पमा साथ दिन सक्ने बातावरण बन्न सक्छ । उद्हरणका लागि सविधान सभाको दोस्रो निर्वाचनमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मन्त्रीपरिषद अध्यक्ष बनाउदा सवै राजनीनिक दलहरु एकै ठाउमा आएका थिए । राष्ट्रपतिमा पुन: रेग्मी वा रेग्मी जस्तै पात्रको छनोटमा परेमा कांग्रेस समेतको सहमतीमा राष्ट्रपति चयन हुने बातावरण बन्ने छ । यसले गठवन्धन पनि जोगिने छ ।
विकल्प २
नेकपा एकीकृत समाज बादीका नेता नेपाल वा खनाललाई राष्ट्रपतिमा प्रस्ताव गर्ने । ओलीका लागि निकै अप्रिय लाग्ने विकल्प हो यो । तर यो विकल्प नेपालका बामपन्थी शक्तीहरुको एकता जग बन्न सक्छ । अंक गणितिय रुपमा बहुमत हुँदा पनि अल्पमत पर्ने नेपालका कम्युनिष्टहरुको नियतिका लागि यो विकल्प बाम एकताको नयाँ अध्याय बन्न सक्छ । बाम शक्तिहरको विभाजन र बैचारिक एवम् पार्टी सिद्धान्त विपरितका चुनावी तालमेलको नतिजा कतीसम्म प्रत्युत्पादक बन्छ भनेर खोज्न गएको निर्वाचनको परिणमालाइ हेरे हुन्छ । जुन विषयले माओवादीले स्वीकार गरिसकेको छ । चुनाव मोर्चामा एमालेसँगको तालमेल जति लाभदायी उसका लागि रह्यो कांग्रेससँग गर्दा त्यो परिणामा आउन सकेन् । चुनावी नतिजा विश्लेषण गर्ने हो भने अबका चुनावमा बामपन्थी शक्तीहरको मोर्चामा रहेर जानु पर्ने बाध्यता माओवादी केन्द्रलाई छ। त्यसैले पनि भावि राष्ट्रपतिमा माधव नेपाल वा झलनाथ खनाललाई आघि सारेमा विभाजित एमालेलाई मात्र एक ढिक्का मात्र बन्ने छैन । स्वयम प्रचण्ड नै एउटै कम्युनिष्ट केन्द्र बनाउने प्रस्ताव गर्ने छन् । यसले सत्ता गठवन्धन अझ बलियो बनाउदै प्रधानमन्त्री र सभामुखको आलोपालो कार्याकाल बाँडफाँटको पनि सहमति कार्यान्वमा लैजान सहज हुने छ ।
ओलीले यि दुई विकल्प बहेक अर्को कुनै विकल्पको खोजी गरे भने सत्ता गठवन्धमा दुर्घटना जाने निश्चित छ । जसलाई माओवादीले स्वीकार्ने अवस्था आउने देखिदैन । नेपालको पहिलो राष्ट्रपतिको निर्वाचनमा जस्तै संसदमा बहुमत कम्युनिष्टको तर राष्ट्रपति कांग्रेस चयन हुने अवस्था आउने छ । प्रचण्डलाई विश्वासको मत दिएर त्यही सुखद् परिणामको पर्खाइमा कांग्रेस बसेको छ। जसलाई ओलीले ढोक्सा थापेको भनिरहेका छन् ।।