प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिदैं लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामहरुको उच्चतम् तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रति गहिरो विश्वार र आत्मीयता तथा विकासका निम्ति अपनत्वबोध हुने बताएका छन् । ७३ औं प्रजातन्त्र दिवको अवसरमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले जनताको अवस्था वदल्नको लागि सरकार लागि परेको बताएका हुन् ।
सरकारका प्राथमिकतालाई अघि सार्दै प्रधानमन्त्रीले अर्थतन्त्रको चुनौतीहरुको समाधान गर्न र संक्रमणकालिन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्तिको स्थापना गर्न, देशको भूराजनीतिक अवस्थालाई ह्दयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न समेत सरकार दृढ रहेको बताएका हुन् ।