लगातार लघुवित्तका विषयमा बहस हुन थालेपछि नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीले घोषणा गर्ने लाभांशमा थप कडाई गरेको छ । बुधबार लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था गरेको छ ।
१५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांश ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यसअघि लघुवित्त कम्पनीले २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था थियो । २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यस्था थियो ।
लघुवित्तबाट ऋण लिने ग्राहक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट कर्जा लिएको हुन नहुने कडा व्यवस्था पछिल्लो निर्देशनमा छ । त्यस्तै धेरै लघुवित्तबाट ऋण लिदैं आएका ऋणीले अब एक मात्र लघुवित्तबाट ऋण लिन सक्नेछन् ।