सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । न्यायधीश ईश्वर खतिवडाको इजलासले उनलाइ अनुमति नदिएको हो ।
क्रिकेटर लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । जिल्ला अदालतले सन्दीपले पुर्पक्षका लागि थुनामा पठाएको थियो, त्यसविरुद्ध लामिछानेले गरेको निवेदनमा उच्च अदालत, पाटनले २८ पुसमा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
आगामी आइतबार सर्वोच्च अदालतले सन्दीपको विदेश जान पाउँ भन्ने निवेदनका साथै धेरौटीमा छाड्ने उच्च अदालतको आदेश सहित थियो कि थिएन भनेर मूल्यांकन गर्ने छ ।