काठमाडौँ (१२,फागुन) राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । आठ दलबीच बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा सो सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले संसदको सवैभन्दा ठूलो दलका रुपमा कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने प्रस्ताव राखेपछि सवैदलहरु सहमतीमा पुगेका थिए । शक्ति बाँडफाँडका विषयमा भने आगामि दिनमा दलहरु विच वार्ता गरेर अघि बढ्ने सहमति भएको बताइएको छ ।