को हुन् रामचन्द्र पौडेल ?

नामः रामचन्द्र पौडेल (नेपाली कांग्रेस वरिष्ठ नेता)
जन्मः २००१ असोज २९ गते ।
आमाः ऋषिमाया पौडेल ।
पिताः दुर्गाप्रसाद पौडेल ।
श्रीमतीः सविता पौडेल ।
छोराछोरीः तीन छोरी (शर्मीला, संज्ञा, अनुज्ञा, अवज्ञा) एक छोरा (चिन्तन पौडेल) ।
जन्मस्थानः तनहुँ जिल्ला मिलुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८ ।
पारिवारिक स्थिति: मध्यमवर्गीय किसान परिवार ।
बसोबासः व्यास नपा–२ अमरापुरी, तनहुँ दमौली ।
काठमाडौँको ठेगानाः बोहोराटार बालाजु ।
शिक्षाः स्नाताकोत्तर (नेपाली साहित्य), शास्त्री (संस्कृत) ।
नेपाली काँग्रेसमा आवद्धताः २०१५ सालदेखि ।
पोखरामा हिमालयन छात्र संघ स्थापना २०१६ ।
नन्दीरात्रि माविबाट विद्यालय शिक्षा, नन्दीरात्रि माविमा र रानीपोखरी माविमा नेपाल विद्यार्थी संघको स्थापना ।
नन्दीरात्रि मावि र रानीपोखरी माविमा नेपाल विद्यार्थी संघको स्थापना गरी जुद्धोदय हाइ स्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वातन्त्र विद्यार्थी युनियनको माग र त्यससम्वन्धी आन्दोलनको नेतृत्व ।
२०२७ मा नेपाल विद्यार्थी संघका संस्थापक सदस्य ।
संस्थापक अध्यक्ष गण्डकी छात्र संघ ।
२०२५ मा बीपी कोइराला सुन्दरीजेलबाट रिहा हुनुभएपछि रामचन्द्र पौडेललाई भेट्न सेन्टरल जेल जाँदा त्यहाँ नै बीपीसँग पौडेलको पहिलो भेट भएको थियो । त्यस बखतमा बीपीले पौडेलसँगै रहेका कम्यूनिष्ट नेताहरू मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ समेतसँग भेटभएको ।
जयजु संस्कृतम् आन्दोलनमा आवद्ध ।
प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक सचिव ।
पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य (२०३४ साल)उपसभापति हुँदै कार्यवाहक सभापति (२०७२) भई पार्टीको १३ आंै महाधिवेशन सफलतापूर्वक सम्पन्न ।
राजनीतिक जीवनमा २०१८ देखि २०६२सम्म करिव १५ वर्ष जेलमा बन्दी जीवन (‘रामचन्द्रका १४ वर्ष वनबास’) भनेर राजनीतिमा चर्चित ।
पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रदा गिरफ्तार भई जेल चलान ।
कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोध गरी कार्यक्रम गर्दा गिरफ्तार भई २०२८ बाट २०३२ सम्म जेल जेल चलान ।
२०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं२०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधानसभा सदस्यमा निर्वाचित ।
पहिलो पटक स्थानीय विकास मन्त्री, त्यसपछि कृषि तथा सहकारी, गृह उपप्रधानमन्त्री, सञ्चार, जलस्रोत, शिक्षा र शान्ति पुनः निर्माण मन्त्रालयमा उपप्रधानमन्त्री) लगायत विभिन्न मन्त्रालयमा मन्त्री,उप–प्रधानमन्त्रीको अनुभव ।
प्रतिनिधिसभाको सभामुख निर्वाचित ।
समाजवादी चिन्तकः
पुरस्कार-सम्मान
मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ दि राईजिङ सन’ को सम्मान (सन २०२०)

प्रकाशित पुस्तकहरूः
प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्ग लगायत दर्जन पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक र अनलाईनहरूमा समसाययिक विचार प्रकाशित ।
केही कविता र निबन्ध प्रकाशित ।

नेपाली कांग्रेसभित्र मध्यमार्गी नेताका रुपमा परिचित । तत्कालीन समापति विश्वेश्वरप्रसाद कोइराला, पार्टी सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटावमा मिलाउन सँधै मध्यमार्गी भूमिका निर्वाह ।

द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी मध्यमार्गी भूमिका । १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार सहमति र सहकार्यका पक्षपाती ।

‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुृरक्षा’ भन्दै नेपाली कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सुत्राधार ।

२०७९ मङ्सिर ४ को आम निर्वाचनपछि नेपाली काँग्रेस र माओवादी मिलेर सरकार बनाउनु पर्छ भन्दै आएका पौडेलले एमाले र माओवादीबीच प्रधानमन्त्री आधाआधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी २०७९ पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट काँग्रेसलाई नभई, काँग्रसले प्रचण्डलाई धोका दिएको’ भनेर सत्य बोल्नु भएकोथियो ।

पौडेल प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री दिएर पनि चुनावी गठबन्धन जोगाउनु पर्छ भन्नेमा हुनुहुन्थ्यो । त्यही दिनदेखि ‘हाइज्याक भएको गठबन्धन फिर्ता गर्न’ पौडेलले राजनीतिक कौशल प्रदर्शन गर्नुभयो ।

पौडेललाई चुनानी गठबन्धनका पाँच दलसहित लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, र नागरिक उन्मुक्ति पार्टीले पनि राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार