काठमाडौं (२२ फागुन), आज पहाड र हिमाली जिल्लाहरुमा होली मनाइएको छ भने तराई मधेसमा मंगलबार होली (फागु)पर्व मनाइँदैछ । होलीलाई उल्लास, सद्भाव तथा आपसी मेलमिलापको पर्वका रुपमा लिइन्छ ।
होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्व भएकाले यसलाई ‘फागु पूर्णिमा’ पनि भन्ने गरिएको हो । सोमबार होलीको अवसरमा काठमाडौं उल्लासमय बनेको छ । हाम्रा फोटोपत्रकार राजन महर्जनले काठमाडौंमा होली मनाउँदा देखिएका दृष्यलाई क्यामेरामा कैद गरेका छन् ।