सानो रथमा श्रीकृष्णको चाँगु परिक्रमा

भक्तपुर, २४ फागुन । होली पर्वका अवसरमा चाँगुनारायणमा श्रीकृष्णको सानो रथ तानेर नौलो खाले जात्रा मनाइन्छ । जसलाई ‘घःमाः जात्रा’ को नामले चिनिन्छ । नेपालभाषामा ‘घःमाः’ को शाब्दिक अर्थ पांग्रा हुन्छ ।

यो जात्रामा सानो रथमा पांग्रा राखी डोरीले तानेर नगर परिक्रमा गराइन्छ । यसमा तानिने रथको आकार चाहिँ अत्यन्त सानो हुन्छ । यो रथको उचाइ केवल ७ फिटको मात्र हुन्छ भने चौडाइ पनि करिब ७ फिटकै हुन्छ । यसलाई विश्वकै सम्भवतः सबैभन्दा सानो रथ मानिन्छ ।

फोटोः सन्देश मुनिकार

होली पूर्णिमाका दिन चाँगु नारायण मन्दिर परिसरमै राखेर रथमा श्रीकृष्णको मूर्तिलाई विराजमान गराइन्छ । त्यसपछि रथलाई समेत मन्दिरको खुड्किलोबाट झार्दै तल ल्याइन्छ । मन्दिर क्षेत्रको वरिपरि रथलाई तानेर परिक्रमा गराइन्छ । सानो रथ भएकोले रथ तान्न साना बालबालिकाहरू नै बढी सहभागी भएका हुन्छन् । पूर्णिमाका दिन रथ तानेर जात्रा गरिन्छ भने भोलिपल्ट जात्रा सकाएर रथलाई पुनः माथि लगी समापन गरिन्छ ।

यो रथमा राखिने देवता मूलतः श्रीकृष्ण हुन् । यो मूर्ति अरु बेला चाँगु नारायणको मन्दिर भित्रै राखिएको हुन्छ । होली पूर्णिमाका बेला दुई मात्रै बाहिर राखिने यो मूर्तिको आफ्नै मन्दिर भने छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार