राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौं (२४ फागुन), राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन विहिवार हुँदैछ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिमा भिड्दैछन्।

राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने वैठकका अधिकांस सहभागीहरुको मत भएकोले उक्त निर्णय गरिएको श्रेष्ठले जानकारी दिएकाछन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार